About
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक वडिगाड गाउँपालिका साविकका ७ गा.वि.स हरु (दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालिचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ) मिलेर १० वटा वडाको एउटा गाउँपालिका बनेको हो। यस गाउँपालिकाको कूल जनसंख्या ३०,९०६ रहेको छ। यसको क्षेत्रफल १७८.६८ वर्गकिलोमिटर रहेको छ।
यस गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविसको खार बजार भन्ने स्थानमा राखिएको छ। यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा गल्कोट नगरपालिका, पश्चिममा निसीखोला गाउँपालिका, प्युठान र गुल्मी जिल्ला उत्तरमा ढोरपाट नगरपालिका र ताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ।
यिनै ७ पुराना गाबिस, अन्य समसामयिक अनि केही मनोरन्जनका बिषयहरुमा सुचना, समाचार, बिचार र भलाकुसारिहरुको सामाग्री राख्ने अनलाइन ठेगाना हो www.badigad.com ।
यस वेबसाइटमा भएका राखिएका कुनै सामाग्री संग तपाईको चासो र गुनासो भए हामिलाई सनम्र सम्पर्क गर्नु हुन अनुरोध छ।